नवलपरासीका भरतको ‘बालेनको शहर २’ बजारमा

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
भदौ ६ गते
नवलपरासी । नवलपरासीका गायक एवम् सर्जक भरत क्षेत्री र दिवस तिवारीले बालेनको शहर २ बजारमा ल्याएका छन । कुमार के.सी. को निर्देशन र जुना कँडेलले निर्माण गरेको म्युजिक भिडियो क्षेत्रीले आफ्नै युट्युव च्यानल भरत क्षेत्री मार्फत बजारमा ल्याएका हुन । महिलाहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरि क्षेत्रीले तिजको भाकामा गित र भिडियो सार्वजनिक गरेका छन ।

लोक तिज गित बालेनको शहर २ मा शब्द सँकलन दिवस तिवारी र लय भरत क्षेत्रीको रहेको छ । तिजमा विशेषगरी नारीका वेदनाहरु पोख्नु चाडपर्वका रुपमा लिइन्छ । तर क्षेत्रीको यो गित नारीको वेदना भन्दा पानी मायाप्रेममा परेका जोडीसङ्ग जोडिएको देखिन्छ । गायक क्षेत्री भन्नुहुन्छ ” बालेनको शहर २ मा जनताको अपेक्षित विकासलाई गित मार्फत ब्यक्त गरिएको छ । बजार बिकास तर्फ लाग्यो भने सबैको चासो हुन्छ । यो गीतमा जोडीले बालेनको शहरको चासो राखेका छन ।”

भरत क्षेत्री, चिज गुरुङ, निर्जला गुरुङ र शुष्मा वि.सि. को आवाज रहेको गितको एरेन्जर सुरज भुसालले गरेका छन । तिजको गितले नेपाली मौलिकता बोक्न नसकेको स्वीकार्दै क्षेत्रीले दर्शक र श्रेस्ताको चाहाना अनुसार बालेरको शहर २ गित बजारमा आएको बताउनु भयो । ” मैले केहि दिन अघि मौलिक गित “छोरीलाई तिज” गित बजारमा ल्याएको थिए । तर श्रेस्ताको चासो कम पाए । अहिले गित संगीतको बजार हेर्दा दर्शक र श्रेस्ताले नै मौलिकता भन्दा फरक खालका गीतहरु मन पराएको पाइयो ।”

नेपाली मौलिकता छुने केहि समय अघि “छोरीलाई तिज” भन्ने गित देवि घर्ति, महेन्द्र रेग्मी र भरत क्षेत्रीले गाएको गित सार्वजनिक भएको थियो । त्यसबाट मौलिकताका नाउमा कलाकार घर न घाटको हुने अवस्था आएको क्षेत्रीको दाबी छ । “बजारमा मौलिकता जोगिने खालका गितबाट कलाकारलाई मारमा परेका छन । मौलिकताका नाममा खेत देखी किड्नी बेच्न सकिएन ।” गायक क्षेत्रीले भन्नु भयो ।

क्षेत्रीका क्याप्टेन बा, तिज गित एक नम्बर, सुनचाँदी, काली बरिलै, छोरीलाई तिज, बालेनको शहर २ जस्ता गित चर्चामा रहेका छन । २०६१ सालदेखी लाइभ दोहोरीबाट साँगितीक यात्रा सुरु गरेका क्षेत्रीले करिव ३ दर्जन साँगितिक कोसेली बजारमा ल्याइसकेका छन ।