एनएमबि बैंक बर्दघाटद्वारा दिब्यज्योति स्कुललाई सहयोग

प्रकाशित मिति:

भदौ १३ गते
बर्दघाट । एनएमबि बैंक बर्दघाट शाखाले बर्दघाट २ चिसापानीमा रहेको दिब्यज्योति माध्यमिक विद्यालयलाईएयर कन्डिसन( एसि) सहयोग प्रदान गरेको छ ।

शुक्रवार एनएमबि बैक बर्दघाटका शाखा प्रबन्धक रामकुमार भारतीसहितको कर्मचारी टोलि विद्यालयमा नै पुगेर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर गुरुङ, प्राचार्य रमेश कुमार कुवर, लेखापाल भुपाल पौडेललाइ एसि हस्तान्तरण गर्नु भएको हो ।

विद्यालयका अध्यक्ष शिव बहादुर गुरुङले विद्यालयमा अत्यावश्यक रहेको सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । ” गर्मीको समयमा विद्यार्थीहरु लाइब्रेरीमा आएर पढ्न निकै कठिन भइरहेको थियो । अब सहज हुने भयो ।” गुरुङ्गले भन्नुभयो । विद्यालयका प्राचार्य रमेश कुवरले एनएमबि बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत दिव्यज्योति मा.बि.लाइ छनौट गरि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । ” बैकको यो सहयोगले विद्यार्थीहरु लाइव्रेरीमा आउने र पढ्न सहज हुन्छ ।” कुवरले भन्नु भयो ।

शाखा प्रबन्धक राम कुमार भारतीले एनएमबि बैंकले आमजनतालाइ उत्कृष्ट, सरल र छिटोछरितो बैंकिङ्ग सेवा प्रदान गर्दै विभिन्न सघ सस्थालाइ सस्थागत सामाजिक उत्तरदायित्वका अन्तरगत सहयोग गरेको बताउनु भयो ।