दुविचौर सम्पर्क समाजको तीज मिलन

प्रकाशित मिति:

बुटवल । दुविचौर संपर्क समाजको आयोजनामा शनिबार बुटवलको ह्वाइट पाण्डा रेस्टुरेन्ट मा तीज मिल्न कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मी दुविचौर बाट बुटवलमा आई स्थाई र स्थाई बसोवास गर्ने दिदीबहिनी हरुलाई आमन्त्रण गरी तीजको दर खुवाउने साथै संस्थाका कार्यसमितिका सदस्यलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष हम बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बस्नेतले दुविचौर गुल्मीबाट रोजगारीको लागि र स्थाई बसोबास गरी आएका बासिन्दाहरुलाई एक ठाउँमा भेट हुने अवसर जुराइदिएकोमा संपर्क समाजप्रति आभार प्रकट गर्दै गाउँलाई पनि नबृसन अनुरोध गर्दै अहिलेको समयमा गाउँ खाली हुँदै गएको अवस्थामा सबैको केही पहलमा जन्मस्थान फर्कन समेत आब्हान गरेका थिए ।
करिब २५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष क्याप्टेन हुम बहादुर खत्रीको अध्यक्षता रहेको थियो भने सचिव राजु थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।