सत्ताबाट हटेपछि प्रचण्ड परिस्थिति भड्काउन लागिपरेको ओलीको आरोप

प्रकाशित मिति:

सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ। जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोल्ने काम भयो। त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन,’ प्रधानमन्त्री ओलीले भने। एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटनकाक्रममा ओलीले प्रचण्डको भूमिकाबारे प्रश्न उठाएका हुन्। ओलीले सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने प्रचण्डको चाहना पूरा नहुने पनि बताए। उनले निर्धारित समयमै सरकारको नेतृत्व छाड्ने पनि बताए।‘म निर्धारित समयभित्रै सरकारको नेतृत्व छोड्छु, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनावमा जान्छौं,’ प्रधानमन्त्री ओलीले भने।