प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको मूल्य

प्रकाशित मिति:

काठमाडौं: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले घटेर घटेको छ।शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।