प्रदेशको समग्र विकास, पर्यटन आधार स्तम्भः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको समग्र विकासका लागी पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउनेगरी बृहत योजना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत योजना निर्माण गर्न थालिएको बताउनु भयो । लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षीत गर्न सकिने योजना सुनाउनु भयो ।‘पर्यटकीय स्थल थुपै्र छन् ।

१२ जिल्लालाई एउटा लुम्बिनी पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पु¥याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उहाँले भन्नुभयो,‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्ने । यि सहित सबै जिल्लालाई जोडेर लुम्बिनी पर्यटन सर्किट बनाउने । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार संग्राहलय, रुरु क्षेत्र, रेसुंगा, छत्रमहाराज, बल्कोट, सुपादेउराली, स्वर्गद्धारी, रोल्पाको युद्ध संग्राहलय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना सुनाउनु भयो । पत्रकार सम्मेलनमा प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको बताउनु भयो । जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका होटलका विल मन्त्रालयमा पेश नगरिने स्पष्ट पार्नू भएको छ । फजुल खर्च रोक्न पूर्व बिशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको जानकारी दिनुभयो ।