प्रकाश न्यौपाने- नवलपरासी । हुलाकी राजमार्ग लगायतका सडक निर्माणमा लापरबाहीका भएको भन्दै प्रतापपुर गाउपालिका अध्यक्ष उमेश यादव नेतृत्वको टोलि भदौ २८ गते देखी आमरण अनशनमा बस्ने भएका छ्न । हुलाकी राजमार्ग निर्माणमा चरम ढिला सुस्ती हुँदा स्थानीयले दैनिकी दुख पाएको उल्लेख गर्दै गाउपालिकाले चरणबद्द आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।आन्दोलन अन्तरगत भदौ २३ गते आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा धर्ना दिदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भदौ २५ गते देखी २७ गतेसम्म इलाका प्रहरी कार्यालय सेमरीमा रिले अनसन गर्ने र २८ गते देखी आमरण अनसन बस्ने अध्यक्ष उमेश यादवले बताउनु भयो । राजमार्ग निर्माणको काममा ढिलासुस्ती हुदा स्थानीयले दुख पाएको भन्दै गाउँपालिकाले संघीय सरकारलाई यस अघि नै पत्राचार गर्दै सडक निर्माणको काम तत्काल अघि बढाउन माग गरेको थियो ।
हुलाकि राजमार्ग निर्माणमा चरम लापरबाही भएको छ । संघीय सरकारको योजनामा ढिलाइ हुदा स्थानीयले सास्ती खेप्नु परेको छ । अध्यक्ष यादवले भन्नु भयो । प्रतापपुर गाउपालिका भित्र पर्ने हुलाकी राजमार्गको ६ दशमलव ५ किलोमीटर सडक ६ वर्ष हुँदा समेत काम सम्पन्न भएको छैन । सडक समयमा नबन्ने र सडक निर्माणको कामसमेत अगाडि बढ्न सकेको छैन । सडक अलपत्र हुदा गाउँपालिकाले तत्काल कामलाई अगाडि बढाउन माग गरिएको अध्यक्ष यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ -सडक बनाउने हो भने तत्काल काम अगाडी बढाउनु पर्यो, होइन निर्देशनालयले काम गर्न नसक्ने हो भने गाउँपालिकालाई कार्यान्वयनको जिम्मा दिनु पर्छ । तर सडक अलपत्र बनाएर जनतालाई सास्ती दिन पाइदैन ।गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संघ सरकारलाई पठाएको पत्रमा पालिकालाई कार्यान्वयनको जिम्मेवारी दिए तत्कालै काम सक्ने तयारीमा रहेको यादवले उल्लेख गर्नु भयो । हुलाकी सडक मध्य गाउपालिका भित्र पर्ने भागको बाँकी काम प्रतापपुर गाउपालिकालाइ दिए ४ महिना भित्र नै सम्पन्न गर्छौ । यादवले भन्नुभयो । सडक निमार्णको क्रममा खनिएको खाडलले गर्दा सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ ।जसले गर्दा दैनिक दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटक-पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्काल पहलकदमी गर्न पत्र मार्फत माग गरिएको छ ।२०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अहिलेसम्म पनि सम्पन्न नभएको भन्दै गाउँपालिकाले ध्यानाकर्षण गराएको हो । संघिय सरकारको योजनामा रहेको हुलाकी सडक निर्माण नहुदा स्थानीयले दैनिक जसो दुर्घटना र यात्राको सास्ती खेप्नु परेको छ ।