बर्दघाट प्राज्ञ प्रतिष्ठानद्रारा बिश्वेश्वरप्रसाद कोइरालाको साहित्यीक चर्चा 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
भदौ २४ गते
पश्चिम नवलपरासीको बर्दघाटमा आधुनिक नेपाली आख्यानमा मनोविज्ञानका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको चर्चा गरिएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा १११ औं जन्मजयन्ती अवसरमा कोइरालाको चर्चा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले कोइरालाको योगदानलाई उच्च मूल्यांकन गर्दै उहाँ विशिष्ट प्रतिभाका धनी रहेको बताउनु भयो  । कोइराला  साहित्यिक र राजनीतिक दुबै भुमिका  ‘एक सिक्काका दुई पाटा’ जस्तै रहेको श्रेष्ठको भनाइ छ ।  कोइरालाको बहुपरोपकारी प्रभाव र व्यापक दृष्टिकोणका कारण आज सम्म पनि उहाँका कृतिहरु जनमानसमा लोकप्रीय रहेको श्रेष्ठले बताउनुभयो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले विश्वेश्वरप्रसाद कोइरालाका कृतिमा नारीवादी चिन्तन देखिने उल्लेख गर्नु भयो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित रहेको न्यौपानेले बताउनु भयो । “प्रगतीवादी कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्नीमा’, ‘नरेन्द्र दाइ, र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी, ‘दुई कथा संग्रह श्वेत भैरवी र दोषी चश्मा’, ‘हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन ।” न्यौपानेले भन्नुभयो ।
स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन कोइरालाले महत्वपूर्ण भुमिका खेल्नु भएको न्यौपानेको भनाइ छ ।
कर्यक्रममा प्राज्ञ  सभा सदस्य जिवनाथ पौडेल र दिपप्रकाश लोहनीले कोइरालाले साहित्यमा  पुर्याएको योगदानको समिक्षा गर्दै उहाँको साहित्यिक विचारधारा र सामाजिक परिवर्तनमा योगदानको विश्लेषण गर्नुभयो । कोइरालाले नेपाली साहित्यमा मनोविज्ञानको प्रयोग गरेर सामाजिक र मानवीय मुद्दाहरूलाई चित्रण गरेका थिए। कार्यक्रममा उहाँको जीवन र कार्यक्षेत्रका विभिन्न पहलुहरूलाई समेटेर उहाँको योगदानलाई सम्मान गर्दै श्रद्धासुमन समेत  अर्पण गरिएको थियो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शरद पौडेलले गर्नु भएको थियो ।