आत्महत्या रोकथामका लागी सन्चारकर्मीसङ्ग अन्तरक्रिया

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ २५ गते
नवलपरासी । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा पश्चिम नवलपरासीको बर्दघाटमा संञ्चारकर्मिसंग अन्तरक्रिया गरिएको छ । मानसिक स्वास्थ्य र आत्महत्याका विषयमा समाचार संकलनको क्रममा ध्यान दिनुपर्ने कुराहरु बारे संञ्चारकर्मिसंग छलफल गरिएको हो । ईन्द्रेणी समाजिक विकास मंन्चको आयोजनामा भएको कार्यक्रममा मंन्च अन्तरगतको साझेदार संस्था युनाईटेड मिसन टु नेपालका कार्यक्रम अधिकृत ईश्वर केसिले सहजिकरण गर्नुभएको थियो ।

 

कार्यक्रममा सहजीकरण गर्दै केसिले मानसिक स्वास्थ्यकै कारण आत्महत्याका घटना सृजना हुने गरेको भन्दै मानसिक स्वास्थ्यको महत्व र नेपालमा यसको अवस्था बारे प्रकाश पार्नुभएको थियो ।
अहिले भईरहेका आत्महत्याका घटना मध्ये ६५ प्रतिशत मानसिक स्वास्थ्यकै कारण भएकाले यस तर्फ सिंगो राज्यका निकायले ध्यानपुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा पछिल्लो एक दशकको तथ्याकंलाई केलाउदा आत्महत्या निरन्तर वृद्धि हुने क्रममा रहेको बताउदै केसिले यसको न्युनिकरणका लागी मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

मानसिक समस्या तनावका कारण मात्र नहुने भएकाले त्यसलाई एकतर्फ बाट मात्रै व्ख्या गर्न नहुने बताउदै अझै पनि मानसिक स्वास्थ्य सम्बन्धि सचेतना फैलाउने काम प्रभावकारी नभएको र दक्ष चिकित्सकको पनि अभाव रहेको औल्याउनुभयो । आत्महत्याका घटना न्युनिकरणका लागी पनि मानसिक स्वास्थ्य सम्बन्धि सचेतना आवश्यक भएकोमा आयोजकको जोड छ ।

कार्यक्रममा इन्देणी सामाजिक बिकास मन्चका अध्यक्ष होमराज कुवर, उपाध्यक्ष बिमल चन्द्र घिमिरे, मञ्चका फोकल प्रसन रबि सापकोटा, जिल्लाका सक्रिय सन्चारकर्मी गरि २५ जनाको सहभागी रहेको थियो ।