काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिकामा क्लोथ एन्ड फुड बैंक नेपालको र नागार्जुन नगरपालिकाको सहकार्यमा कपडा बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख मोहन बहादुर बस्नेत र उप प्रमुख सुशिला अधिकारी ले बताउनु भयो । यो कार्यक्रमले समग्र नेपालको हित अनुरुप कार्य गर्ने र जसले गर्दा टोल समुदायको बातावरण पनि सफा हुने यो कार्यक्रम भने प्रयोगमा नआएका प्रयोगजन्य सामग्री लत्ता ( कपडा, झोला, ब्याग, जुता(चप्पल, बेल्ट, सुटकेश तथा पुस्तक पुस्तिकाहरु नगरपालिका को नजिकै रहेको कपडा बैंकको ड्रप बक्समा जम्मा गर्नु भई यो पुण्य कार्यमा सहभागी हुन नगरपालिका प्रमुखले अनुरोध समेत गर्नु भयो । काम नलाग्ने प्रयोगजन्य सामग्रीले पनि साच्चिकै कसैको जीवनमा ठुलो सहयोग पुर्याउने भन्दै नगर उप प्रमुख सुशिला अधिकारीले यो अभियानमा जोडिन पाउदा खुसि व्यक्त गर्नु भयो । हाल आफ्नो नगरका ४ स्थानमा कपडा बैंक संचालन गरिने र सोहि कपडा ड्रप बक्स नगरपालिकाको कार्यालय, २ न वडा कार्यालय, ७ न वडा कार्यालय र १० न वडा कार्यालयमा राखिने छ भने सोहि स्थानमा नागार्जुन नगरबासिले कपडा डोनेट गर्नु हुनेछ ।नगापालिकाका प्रमुख प्रशासकीय अधिकृतशिव प्रसाद रिज्यालले नेपालमा पनि यस्तो पृथक कार्यक्रम सुरुवात हुदा यो कार्यमा सबैलाई सहयोगको लागि अनुरोध गर्नु भयो ।
पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोधमा र सिफारिसमा आगोलागीबाट पिडित ११०० घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा साच्चिकै पुण्यको कार्य भैरहेकोमा क्लोथ बैंकका अभिभावक महानायक राजेश हमालले सम्पूर्ण पालिका तथा नगरपालिकाहरुलाई धन्यवाद दिनु भयो । नगरपालिकाको ४ स्थानमा उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन प्रशोधन रि( साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने कुरा यस कार्यक्रम का अध्यक्ष कमल जी सी ले बताउनु भयो । उहाले देशभरका स्थानीय सरकार तथा विभिन्न संघ(संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे । कपडा बैंक सुरुवात कै समयमा ११०० घरधुरीलाई २र२ जोरका हिसाबले लत्ताकपडा निशुल्क प्रदान गर्न सफल भएकोले भबिस्यमा कपडा अभावमा रहेकालाइ घर घर मा पुगेर कपडा वितरण गर्न सकिने बताउनु भयो । मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शोरुममा गएर कुनै पनि प्रसार प्रसार नहुने गरि आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो ।क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० स्थानिय सरकार यो अभियानमा जोडिदै गर्दा नागार्जुन नगरपालिकालाइ पनि धन्यवाद समेत दिनुभयो ।