ब्यवसायीलाई अनावश्यक दुःख दिर्ने कार्य नगर्ने कर अधिकृतको भनाई

प्रकाशित मिति:

तिलोत्तमा । आन्तरिक राजश्व कार्यालय भैरहवाका पं्रमुख कर अधिकृत पे्रमराज पोखरेलले आफ्नो कार्यकालमा कुनैपनि उद्योगी ब्यवसायीलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने कार्य नगर्ने बताउनुभएको छ ।तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोखरेलले उद्योगी ब्यवसायीलाई निर्धक्क भएर आफ्ना उद्योग व्यवसाय चलाउन आग्रह गर्दै कर कार्यालय ब्यवसायीहरुसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहांले उद्योगी ब्यवसायीले अहिले भोगिरहेको आर्थिक समस्या शंकट नभएर समस्या भएकाले यसको छिटै समाधान हुने बताउनुभयो ।

कर्मचारीहरु ब्यवसायीको सेवागर्न सरकारले पठाएका प्रतिनिधि भएकाले आफुहरु ब्यवसायीहरुलाई कानुनी परामर्श दिदै सहयोग र सहकार्य गरेर अगाडी बढ्ने वताउनुभयो ।आन्तरिक राजश्व कार्यालय बुटवलका पं्रमुख कर अधिकृत टिकाराम गैरेले कर्मचारी र ब्यवसायीहरु विच नङ्ग र मासुको सम्बन्ध रहेको भन्दै कानुनको परिधि भित्र रहेर उद्योगी ब्यवसायीका समस्या समाधान गर्न तयार रहेको बताउनुभयो ।कर अधिकृतहरुलाई संघको कार्यालय मंगलापुरमा स्वागत गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बर्तमान अवस्थामा निजी क्षेत्रको अवस्था नाजुक रहेको भन्दै आन्तरिक राजश्व कार्यालयलाई उद्योगी ब्यवसायी मैत्री भएर काम गर्न आग्रह गनुभयो । निजी क्षेत्र ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भए पनि राज्यका सबै निकायसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको उहांले बताउनुभयो ।

संघका निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी(माधवं) ले बैंकको चर्को ब्याज र राज्यका झण्झटिला नीतिका कारण ब्यवसायीहरु मारमा परेपनि ब्यवसायीका समस्या समाधान प्रति राज्यका सबै निकाय उदासिन रहेको गुनासो गर्नुभयो । निजी क्षेत्रबाट राज्यलाई ठूलो आर्थिक सहयोग भएपनि ब्यवसायीहरुले अहिले सम्म राज्य बाट कुनै राहतको अनुभूति गर्न नपाएको उहांले बताउनुभयो ।संघका सल्लाहकार नवराज श्रेष्ठले सबै सामानमा अन्तशुल्क लगाउने अव्यवहारिक नीतिका कारण ब्यवसायीहरुले समस्या भोग्नु परेको भन्दै यसमा पुनर्विचार गनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा संघका मानार्थ सदस्य हरिलाल पाण्डे, वाणिज्य उपाध्यक्ष विष्णु भण्डारी, महासचिव राजकुमार पाण्डे लगायतले आआफ्ना धारणा राख्नभएको थियो ।