नवलपरासीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पुर्नस्थापना

प्रकाशित मिति:
प्रकाश न्यौपाने
भदौ ३० गते
नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय स्थापना भएको छ । लुम्बिनी प्रदेश सहकारी बिकास तथा खानेपानी  मन्त्रालय अन्तरगत खानेपानी तथा सरसफाइ कार्यालय आज आइतबार जिल्लामा पुन स्थापना भएको हो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष देबिदत्त सापकोटाले जिल्लामा नै खानेपानी तथा सरसफाइको कार्यालय स्थापना भएपछि जिल्लाबासीलाई सेवा लिन सहज हुने बताउनु भयो । “पटक पटक खानेपानी महासंघले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पुर्नस्थापनाको माग गर्दै आएका थियौ ।  अहिले कार्यालय स्थापना भए संगै कार्यालय स्थापना गर्ने हाम्रो माग पुरा भएको छ ।” सापकोटाले भन्नु भयो ।
 २०४५ साल देखी जिल्लामा रहेको डिभिजन कार्यालयले काम गर्दै आइरहेकोमा २०७५ साल देखी जिल्ला कार्यालयको सेवा बन्द भएको छ ।जिल्लाको कार्यालय बन्द भए पछि बुटवलको योगिकुटीमा रहेको डिभिजनबाट नवलपरासीका खानेपानी सस्थालाई हेर्दै आइरहेको थियो । जिल्लामा नै कार्यालय स्थापना भएपछि सा-साना कामका लागि पनि रुपन्देही र दाङ धाउन पर्ने बध्याता हटेको अध्यक्ष सापकोटाको भनाइ छ । “जिल्लामा कार्यालय नहुदा प्रदेश सरकार मातहत रहेको खानेपानी तथा सरसफाइ सस्थासङ्ग सम्बन्धि सासाना कार्य र योजनाका लागि  रुपन्देही वा दाङ (मन्त्रालय) धाउनु पर्ने अवस्था रहेकोमा  अब जिल्लाबाट काम हुने हुदा आम उपभोक्तहरु खुसी छौं ।” अध्यक्ष सापकोटाले भन्नुभयो ।
 डिभिजन कार्यालय जिल्लामा नहुदा जिल्लामा भरिका करिव ८५ वटा सम्पन्न आयोजनाहरु सेवा बिहिन भएको सापकोटाको भनाइ छ । हाल जिल्ला बाट सञ्चालित खानेपानी सरसफाइ उपभोक्ता सस्थाहरुबाट २९ हजार घरपरिवारले पानी पिउनु भएको छ ।

थप समाचार