प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ, तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन मुख्यमन्त्रीको निर्देशन

प्रकाशित मिति:

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविस्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरुलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनु भएको छ । प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिनुभयो ।पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अव हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौं’उहाँले भन्नुभयो,‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’ प्रदेशको भाग्य भबिस्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गर्नु भयो ।

उपाध्यक्ष र सदस्यहरुको शपथ- नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्याल र सदस्यहरु डा।सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकालले पद तथा गोपनियताको शपथ लिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमवार शपथ लिनु भएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा। डिल्लीराज अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो भने उपाध्यक्ष अर्यालले सदस्य डा।सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकाललाई शपथ ग्रहण गराउनु भयो । प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तता सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसुची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्ष समक्ष र सदस्यहरुले उपाध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ । सोमवार विहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।