कञ्चनमा जनप्रतिनीधि र कर्मचारीहरुका लागि क्षमता बिकास सम्बन्धी अभिमुखीकरण

प्रकाशित मिति:

असोज, कञ्चन- रुपन्देहीको कञ्चन गाउँपालिकामा कञ्चनका जनप्रतिनीधि र कर्मचारीहरुका लागि हिजो १ दिने क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। जनप्रतिनीधि तथा कर्मचारीहरुद्वारा गरिने बिभिन्न कार्य सम्पादनमा निखारता र सार्वजनिक सेवा प्रवाहमा जनमैत्री बनाउने उद्धेश्यका साथ उक्त अभिमुखीकरण्ण्ण कार्यक्रम गरिएको हो। नेपाल सरकारका पुर्व मुख्य सचिव तथा चिनका लागि चिनिया राजदुत लिलामणी पौडलले कञ्चनका जनप्रतिनीधि र कर्मचारीहरुलाई स्थानीय सरकारः चुनौती, सम्भावना रु असल आयामहरुबारे अभिमुखीकरण्ण गर्नु भएको थियो। निजामती सेवामा आफ्नो अनुभव र बिभिन्न कार्य सम्पादनका क्रममा देखा परेका समस्या, त्यसको समाधानका लागि वहाले गरेका प्रयत्न र त्यसको प्रतिफल लगायत बिषयहरु सहित पुवै मुख्य सचिव पौडेलले अिभमुखीकरण गर्नु भएको थियो। पूर्व मुख्य सचिव पौडेललृ नेपालको संविधानमा सरकारको कार्य क्षेत्र, सरकारको कार्य वाँडफँडको सिद्धान्त, स्थानीय सरकार किन?, नेपालको स्थानीय सरकारलाई अवसर र चुनौती, प्रभावकारी सेवा प्रवाहका अन्तराष्ट्रिय सिद्धान्तहरु, व्यास्थापनका आयामहरु, स्थानीय सरकार संचालनका लागि अन्तराष्ट्रिय स्तरमा प्रयोग गरिएका असल अभ्यासहरु, सेवा प्रवाहका मध्यमहरु, सिद्धान्तको प्रयोग (सूचक र मापन) लगायत बिषयमा अभिमुखीकरण गर्नु भएको थियो।

अभिमुखीकरणको क्रममा नेपालका लागि चिनिया पुर्व राजदुत समेत रहनु भएका पुर्व मुख्य सचिव पौडेलले स्थानीय तहमा रहेर जनताको सेवालाई नजिकबाट प्रवाह गर्न, स्थानीय सरकारको सेवा प्रवाहलाई जनमैत्री बनाउन र स्थानीय सरकारलाई जनताको बिश्वासिलो र नजिकको सरकारको रुपमा स्थापित गर्न लोक सेवामा पास भएर वा जनताको मतबाट चुनाव जितेर पदास्थपन भएरमात्र पुग्दैन तयसका लागि आफु जुन पदका लागि योग्य वा छनौट भएर आएको हो त्यस पदको मर्यादा र अस्तित्वलाई कायम राख्न उक्त पदमा रहदासम्म मितव्ययिता, कार्यदक्षता, श्रोतको बुद्धिमता पुर्वक प्रयोगका् निरन्तरता र खोजी, स्थानीय श्रोत साधानहरुको अधिक्तम परिचालन र उपयोग, सावैजनिक पद धारण गरेपछि कुनै पनि राजनैनितक दलकको प्रभावबाट टाढा रही व्यबसायिक रुपमा कार्य गर्न अठोट र चहाना अनिवार्य रहनु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो।कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्दै प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले स्थानीय सरकारको कार्य सम्पादन, प्रभावकारी तथा जनमैत्री सेवा प्रवाह, संविधानले प्रदत्त गरेका ऐन, नियम, नीति, मापदण्डको निर्माण र पालना, सेवा प्रवाहमा निष्पक्षता, पारदर्शिता, समन्ययिमिकता, समयको पालना र उत्तरदायित्वका बिषयमा जनप्रतिनीधि र कर्मचारीहरुको क्षमता बिकासमा सहयोग पुर्याउने उद्धेश्यका साथ अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। अभिमुखीकण पश्चात सार्वननिक सम्पत्तीको अभिलेखीकरण, प्रयोगको मापदण्ड, आचार संहिताको निर्माण र पालना, सार्वजनिक प्रशासन चेन अफ कमाण्डमा कायम राख्न नयाँ उर्जा थपिदै जाने प्रमुख प्रशासकिय अधिकृत गौतमले बिश्वास ब्यक्त गर्नु भयो।

अभिमुखीकरण कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि प्रयास पनि हुने सफलता गन्तब्य नभई निरन्तरता भएको र अपेक्षा र र अठोट बिच भिन्नता रहेको बताउनु भयो। सफलताको कुनै गन्तब्य नहुने र एक सफलता पछि अर्को सफलताका लागि संघर्षरत हुने मानविय स्पभाव भएको उल्लेख गर्दै अध्यक्ष ढकालले कसैबाट केही पाउने अपेक्षा स्वभाविक भएपनि उक्त अपेक्षामा आशक्त हुन जीवनको सफलताका लागि बाधक बन्न सक्ने कुरा उल्लेख गर्नु भयो। कुनै पनि कार्य वा यात्रामा सफलता प्राप्ती गर्न आफु भित्रको दृढ ईच्छालाई अठोटमा बदलेर कार्य गरे जुनसुकै क्षेत्रमा राम्रो गर्न सकिने र सफलताको शुरुवात पनि त्यही ठाउबाट हुने भएकोले कञ्चनका जनप्रतिनीधि र कर्मचारीहरुमा कञ्चनलाई नुमना स्थानीय तह बनाउन नयाँ उर्जा र उत्साहका साथ योजनाबद्ध कार्य गर्न र गराउन उत्प्रेरणा जगाउन सहायकसिद्ध बनोस भन्ने उद्धेश्यका साथ अभिमुखीकरण कार्यक्रम राखिएको अध्यक्ष ढकालले बताउनु भयो।
कञ्चन गाउपालिकाका प्रशासन प्रमुख गिरीराज अर्यालको सहजिकरणमा भएको कार्यक्रममा कञ्चनका जनप्रतिनीधि र कर्मचारीहरुको सहभागिता रहेको थियो। सोही अवसरमा पालिकाले आर्थिक बर्ष २०८०/०८१मा अधिक्तम राजश्व संकलन गर्न सफल वडा नं. ४ का वडा सचिव चक्रपाणी पौडेल, वडा अध्यक्ष केशर बहादुर खत्री लगायत जनप्रतिनीधि तथा कर्मचारीहरुलाई सम्मान गरेको थियो।