शान्ति नमुनामा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

प्रकाशित मिति:

तिलोत्तमा,असोज ९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।
यहि असोज ११ गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव २५ समूहको सहभागिता रहने छ । रुपन्देहीका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच सद्भाव र मैत्रीभाव बढाउने उद्धेश्यले प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिताको माध्यमबाट खेल भावना र सहकार्य गर्ने मान्यताको विकास होस् भनेर प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।