साझा हस्पिटल र इन्जिनियरिङ एशोसिएसन लुम्बिनीबीच स्वास्थ्य सेवा सम्वन्धी सम्झौता

प्रकाशित मिति:

बुटवल -असोज । बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा।लि। बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनीबीच स्वास्थ्य सेवा सम्वन्धी सम्झौता भएको छ । एशोसिएसनका प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने गरी सम्झौता गरिएको छ । साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई। महेश्वर लम्सालले अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य सेवा सम्झौतापछि आगामी २ वर्षसम्म अस्पतालबाट सेवा लिन सकिने छ । त्यसपछि आवश्यकता र सहमति अनुसार सम्झौता थप हुन सक्ने जनाइएको छ । स्वास्थ्य उपचार सेवा अन्तरगत औषधी तथा सर्जिकलमा १० प्रतिशत , अप्रेशन, बेड, ल्याब टेष्ट, ईसीजी, युएसजीलगायतका स्वास्थ्य सेवाहरुमा २० प्रतिशत सम्मको छुट सुविधा प्रदान गर्ने गरी सम्झौता गरिएको छ