अभिरल बर्षा कारण त्रिबेणीमा बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
असोज १२ गते
नवलपरासी । बिहिबार देखि परिरहेको अबिरल बर्षाका कारण पानीको बहाब बढेपछि पुर्वी नवलपरासीको त्रिबेणि स्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छ्न । बिहान ९ बजे को मापन अनुसार ३ लाख ६२ हजार २ सय क्युसेक बहाव रहेको छ ।अहिले ब्यारेजका ३६ वट ढोका खोलिएको शसस्त्र प्रहरी निरीक्षक गणेश थापाले जानकारी दिनुभयो ।


पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।


पश्चिम् नवलपरासीमा खोलानालामा पानीको सतह बढेपनी हालसम्म कुनै क्षती नभएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलेलाई जानकारी दिनुभयो । सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको श्रेष्ठले बताउनु भयो ।