काठमाडौं, असोज । बिहिबार रातिदेखि शनिबार बेलुकासम्म असोजे झरीले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागहरूमा अफरातफरी मच्चायो।१४ जिल्लाका २५ स्थानहरूमा रेकर्ड ब्रेक वर्षा भयो। शनिबार बेलुकालदेखि भने वर्षा मत्थर भएको छ। आइतबार पनि कोशी प्रदेश आसपास हल्का वर्षा भएको थियो। उपत्यकालगायतका अधिकांश भूभागमा मौसम सफा रह्यो ।यसको अर्थ अब झरी रोकिएको हो रु जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा नहुने पूर्वानुमान गरेको छ। यसले झरी तीन दिनका लागि रोकिएको स्पष्ट हुन्छ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्छ। शनिबार साँझ गरेको पूर्वानुमानका अनुसार मंगलबारसम्म भारी वर्षाको हुने सम्भावना छैन।आइतबार राति पनि मनसुनी वायु र भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।त्यसले देशभर आंशिकदेखि साधारणतया बदली रहेको कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।आइतबार राति कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।मंगलबार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूर बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा राति पनि मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।यसअनुसार तीन दिनको मौसमले झरी नपर्ने देखाएको छ। यद्यपि मनसुनको अवधि अक्टोबर २१ सम्म रहेकाले त्यसबेलासम्म पानी पर्ने सम्भावना रहन्छ।साथै सेप्टेम्बरपछि पानी पार्ने प्रणाली कमजोर हुँदै जाने पनि हुन्छ।