काठमाडौं, असोज – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा साइबर कसुर अन्तर्गत दुईवटा मुद्दा दर्ता गरिएको छ ।प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो । प्रसाईलाई असोज ६ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । एक युट्युब च्यानलमार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिला नेतृको चरित्रहत्या गरेको आरोपमा साइबर मुद्दा दायर गरिएको हो ।ती महिलाविरुद्ध प्रसाईंले नाम नै किटेर आरोप लगाएपछि पीडितबाट साइबर ब्युरोमा उजुरी परेको थियो ।