५६ ठाउँमा रेड अलर्ट जारी भएको थियो तर पहिरो कहाँ जान्छ भनेको थिएन : प्रधानमन्त्री
काठमाडौं, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पूर्वानुमान महाशाखाले रेड अलर्ट जारी गरेपनि पहिरो कहाँ कहाँ जान्छ नभनेको बताएका छन्।सोमबार अमेरिकाबाट काठमाडौं फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले मौसम पूर्वानुमान महाशाखाले रेड अलर्ट जारी गरेपनि सरकारले पूर्वतयारी किन गर्न सकेन भनेर प्रश्न गरेका थिए। जबाफमा प्रधानमन्त्री ओलीले महाशाखाले भारी वर्षा हुने भनेपनि कहाँ कहाँ पहिरो जान्छ नभनेको बताए।
रेड अलर्ट भनेर पूर्वानुमान गरेको छ हो, तर कहाँ कहाँ पहिरो जान्छ त भनेको थिएन। पहिरो गएपछि न थाहा भयो। काठमाडौंमा यति डुबान हुने गरी वर्षा होला भन्ने कल्पना पनि थिएन, यस्तो कुरालाई वस्तुपरक ढंगले लिनुपर्छ, उनले भने।उनले आफू फर्किसकेकाल उद्धार, राहत र पुनःस्थापनाका कामहरू प्रभावकारी ढंगले अघि बढ्ने बताए।जल तथा मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको थियो।रेड अलर्टपछि मुख्य राजमार्गमा सवारी आवागमन बन्द गरिएपनि प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा अझै बढी जनधनको क्षति पुगेको गृह मन्त्रालयको निष्कर्ष थियो।