शान्तिको फुटबलमा सञ्जीवनी, न्यू इन्भाइरमन्ट र क्यानन विजयी

प्रकाशित मिति:

तिलोत्तमा, असोज १५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा मंगलबारको खेलमा सञ्जीवनी शिक्षा सदन, न्यू इन्भाइरमन्ट बोर्डिङ र क्यानन मा.वि. विजयी भएका छन् ।
पहिलो खेलमा सञ्जीवनीले जनज्योती मा.वि.लाइ ३–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा न्यू इन्भाइरमन्टले स्कलर्श होमलाई पेनाल्टी सुट आउटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टीबाट विजेताको टुङ्गो लगाइएको थियो ।
यस्तै तेस्रो खेलमा क्यानन मा.वि.ले दुर्गादत्त मा.वि.लाई ५–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
पहिलो खेलमा जनज्योती मा.वि.का विष्णु न्यौपाने, दोस्रो खेलमा स्कलर्श होमका धिरेन राकस र तेस्रो खेलमा दुर्गादत्त मा.वि.का माधव घिमिरे म्यान अफ द म्याच भएर पुरस्कृत भएका छन् ।

यसअघि विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
प्रतियोगिता अन्तरगत बुधबारको खेल पशुपति मा.वि. र गार्गी मा.वि.बिच, ग्रिन प्लान्ट बोर्डिङ र होराइजन जि.वि.एस.बिच तथा देवदह बोर्डिङ र अक्सफोर्ड मा.वि. बिच हुने शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।