स्थानीय तह उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता

प्रकाशित मिति:

काठमाडौं, असोज  । स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ दल दर्ता भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहित आयोगमा २५ दल दर्ता भएका हुन् । संसदको चौथो ठूलो दल रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुँदैछ । आयोगले मंसिर १६ गते आइतबारका लागि उपनिर्वाचन तय गरेको छ । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । जसअनुसार २६ राजनीतिक दलले निवेदन दिएका थिए । आयोगमा कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुले निर्वाचनका लागि राजनीतिक दलको मान्यता पाएका हुन् ।