हेरुका लामाद्धारा निर्देशित -कस्तो हो यो माया बोलको गीत बजारमा

प्रकाशित मिति:

काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित कस्तो हो यो मायाु बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन । लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ । निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन ।

गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रिको संगीत, इश्वर थापाको शब्द, पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन ।

 

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzQXJZnmwKwxNRxGpDRqqHFsGklc?projector=1