क्रिकेटर सन्दीपको मुद्दामा महान्यायाधिवक्ताले सर्वोच्चमा पुनरावेदन नगर्ने

प्रकाशित मिति:

काठमाडौं, असोज – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्वन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने भएको छ ।महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसला चित्त बुझेको बताउँदै सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको हो । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते क्रिकेटर लामिछानेलाई सफाइ दिने फैसला गरेको थियो ।

उच्चले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन नआएको बताउँदै जिल्ला अदालतको फैसला खारेज हुने निर्णय दिएको थियो । फैसलामा पीडित प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि वारदातको समय १८ वर्ष पूरा भएको देखिएको उल्लेख छ । सन्दीपको मुद्दामा उच्च अदालतबाट भएको फैसलामा पुनरावेदन नगर्ने उच्च अदालतको फैसलामा पुनरावेदन नहुने निर्णयपछि अब सोही फैसला अन्तिम भएको छ । साथै, क्रिकेटर लामिछाने पनि आरोपमुक्त भएका छन् ।