जनकल्याणले ३२ औं स्थापना दिवस समिक्षा गर्दै मनायो

प्रकाशित मिति:

असोज ३० गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ०९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले ३२ औं स्थापना दिबसको अवसरमा गत आर्थिक बर्षको समिक्षा गरिएको छ ।


कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख तथा सहकारीका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले हालका केही सहकारीहरूको अवस्थाका कारण सहकारी क्षेत्रमा नै समस्या उत्पन्न भएको उल्लेख गर्नु भयो । सहकारीहरु नीति र विधिमा नचलेका कारण समस्या आएको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले सहकारीहरू पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। उहाले सहकारीको दीर्घकालीन श्रीवृद्धिका लागि पारदर्शिता र जवाफदेहीता आवश्यक रहेकोले ध्यान दिन आग्रह गर्नुभयो । श्रेष्ठले सहकारीमा लक्ष्य निर्धारण गरेर काम गर्दा मात्र लक्ष्यमा पुग्न सम्भव हुने भन्दै सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो ।


श्रेष्ठको नेतृत्वमा १ हजार ५ सय रूपैयाँको प्रारम्भिक पूँजीबाट सुरु भएको सहकारी आज ६४ करोडको कारोबार गरेको छ । सुरुमा २५ जनाले ५० रूपैयाँ प्रति व्यक्ति शेयर र १० रूपैयाँ बचत गरेर सहकारीको यात्रा प्रारम्भ गरेका श्रेष्ठले उल्लेख गर्नु भयो ।


कार्यक्रममा सहकारीले चालू आर्थिक बर्षमा सहकारीले लिने नया नितिका बारेमा व्यवस्थापन यमलाल खरेलले र सहकारीले गरेको बार्षिक प्रगति र पल्स बिश्लेषणका बारेमा सह ब्यवस्थापक एब सुचना अधिकारी बिमल चन्द्र घिमिरेले सस्थाको बस्तु स्थितिका बारेमा जानकारी गराउनु भएको थियो ।


सहकारीले शेयर रकम करिब ९ प्रतिशतले वृद्धि गर्दै ५ करोड ४१ लाख भएको र कुल कारोबारमा करिब १७ प्रतिशतले वृद्धि भइ ६४ करोड ७४ लाख रुपैयाको कारोबार रहेको छ । कुल बचतमा करिब २० प्रतिशतले वृद्धि हुदा करिब ९ करोड बढेर ५१ करोड ८८ लाख कुल बचत रहेको छ । कर्जा लगानीमा १५ प्रतिशत, आम्दानी १२ प्रतिशत, रेमिटेन्स ११ प्रतिशत रहेको सूचना अधिकारी घिमिरेले उल्लेख गत आर्थिक बर्षमा १ करोड ५६ लाख खुद नाफा कमाएको उल्लेख गर्नु भयो ।


समिक्षा कार्यक्रममा शेयर सदस्य यादब प्रसाद पाठक, हेम क्षेत्री, शिवकुमारी भट्टराई, पुर्णमान श्रेष्ठलगायतले बोल्दै सस्थाले शेयर सदस्य केन्द्रिय रहेको काम गर्नुपर्ने सुझाव व्यक्त गरे ।


त्यस्तै, संस्थापक सदस्य तथा निवर्तमान सञ्चालक बालिन्द्र बिक्रम शाहीले सहकारीले समय अनुसार नीति तर्जुमा गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भयो । सहकारीको सेवामा सुधार ल्याउन र सदस्यहरूलाई थप सुविधा प्रदान गर्न संस्थाले अग्रसरता लिनुपर्ने उहाको भनाइ थियो।


कार्यक्रममा पूर्व अध्यक्ष शरद पौडेल, बद्री प्रसाद सुबेदी, र नरेन्द्र बहादुर क्षेत्रीले बचत र कर्जासम्बन्धी सेवाहरूको पुनरावलोकन गर्दै थप सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिनु भयो ।


स्थापना दिवसको अवसरमा बिजयादशमी, शुभदिपावली र छठ पर्बको शुभकामना आदन प्रदन समेत गरिएको कार्यक्रममा सचिब चेतनारायण भण्डारी सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष कुलदिप आचार्य र उपाध्यक्ष सम्झना शर्मा पौडेलको स्वागत गर्नु भएको थियो ।