मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय द्धारा आलमदेबी मन्दीरको दर्शन ।

प्रकाशित मिति:

स्याङजा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले स्याङजाको कालीगण्डकी ३ मा रहेको आलमदेबी मन्दीरको दर्शन गर्नु भएको छ । मुख्यमन्त्री सहीत निवर्तमान प्रदेश सदस्य भागवत प्रकाश मल्ल , प्रदेश सदस्यहरु महेश भटराई ,सरस्वती अर्याल तिवारी लगायतले मन्दीरको दर्शन गर्नु भएको थियो । मन्दीर परीसरमा स्थानीय संग कुराकानी गर्दै मुख्यमन्त्री पाण्डेयले आलमदेबीको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै कोटाकोट वेसीमा रहेको दुर्गापंचायन मन्दीरको पनी दर्शन गर्नु भएको छ । मन्दीर दर्शन पछी मुख्यमन्त्री पाण्डेय आलमदेवि बहुद्ददेश्यीय ग्रामिण सेवा परिवार लसर्घा बेसीले आयोजना गरेको भलीवल प्रतियोगीता अवलोकन गर्न पुग्नुभएको थियो । लसर्घा वेसीमा मुख्यमन्त्री पाण्डेयलाई वाजागाजा सहीत स्वागत गरीएको थियो । भलीवल प्रतियोगीता कार्यक्रमलाई सम्वोधन गर्दे मुख्यमन्त्री पाण्डेयले युवालाई उत्पादनसंग जोड्ने कार्यक्रमलाई प्राथमीकता दिने वताउनु भयो ।