चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

प्रकाशित मिति:

चितवन, कात्तिक – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन्।उनीहरुलाई शनिबार विहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम शुभेच्छुकहरुले स्वागत गरेका थिए। वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि अध्यक्ष, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई निम्ता गरिएको छ।