कल्याणकारी सहकारीद्धारा ४० प्वाईन्ट रगत संकलन

प्रकाशित मिति:

बुटवल – कातिक-चाड पर्व शुरु भएसंगै देशैभरी रगतको अभाव खडकिरहेको समयमा बुटवलमा संचालित एक सहकारीले आफ्नो स्थापना दिवश रक्तदान गरि मनाएको छ ।बुटवल उपमहानगरपालिका वडा नम्बर ८मा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन भएकोे छ ।रक्तदान नै जिवन दान हो भन्ने मुल नारा सहित आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले गर्नु भएको हो । हरेक तीन महिनामा खेर जाने रगतलाई सही सदुपयोग गर्न र रगतको अभाव भएकाहरुलाई सहज रुपमा उपलब्ध होस भन्ने उद्देश्यले संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम गदै आएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको साझेदारी सहयोग र रक्तसंचार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा रक्तदान गरिएको सहकारीका सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।