काठमाडौं, कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा काठमाडौं माइतीघरमा प्रदर्शन गरिएको छ।पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेपछि कार्यकर्ता विरोधमा उत्रिएका हुन्।बुधबारसम्म पोखरामा विरोध प्रदर्शन गरिरहेको रास्वपाले आजबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको हो।गत २ कात्तिकमा पक्राउ परेका लामिछाने यतिबेला अनुसन्धानका लागि हिरासतमा छन्। बिहीबार अदालतले प्रहरीलाई पुनः ७ दिनको थुना अनुमती दिएको छ।