बुटवलमा प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । उप महानगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।नगर प्रमुख खेलराज पाण्डेका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको बिज्ञप्तिमा जनाईएको छ ।नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घ, ब्यापार संघलाई अनुरोध गरेको नगरप्रमुख पाण्डेले बताए । उनले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छन ।स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।