आफ्नै बसकाे अघिल्लो सिटमा पाकिस्तानका बेस्ट क्रिकेटर “इमरान नाजीर” देखेपछि …..

प्रकाशित मिति:

दीपक न्यौपाने – जीन्दगीमा कहिले काँही नसोचेको भैदिन्छ । शनिवार त्यस्तै भयो बुटवलका उम्दा यातायात ब्यबसायी सागर पि.एस.लाइ । सायद उनले सोचेका थिएनन आफूलाई सबै भन्दा धेरै मन पर्ने पाकिस्तान क्रिकेट राष्ट्रिय टीमका पुर्व ओपनर ” इमरान नाजिर”लाइ आफ्नै बसकाे अघिल्लो सिटमा यसरी देख्न पाईएला भन्ने, त्यो पनि यात्रुको रूपमा । तर भयो त्यस्तै नै । नेक्सस क्रिकेट एकेडेमी काठमाडौंकाे आयोजनामा सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा सम्पन्न बीपी कोइराला स्मृति टी ट्वान्टी प्रतियोगीता खेलेर काठमाडौं हुदै पाकिस्तान फर्कने क्रममा ट्राफिक चोक काउन्टरमा रोकिराखेको आफ्नै बसमा देखपछि पि. एस.ले फेसबुक मा तस्बिर सेयर गर्दै खुसी व्यक्त मात्रै गरेका छैनन् सामाजिक सञ्जालमा उनले राखेको तस्बिरले यतिबेला चर्चा समेत बटुलेको छ।

विश्वमा चिनिएको अन्तराष्ट्रिय खेलाडी कति सम्म साधारण र विनम्र हुँदा रहेछन मैले प्रत्यक्ष देखे,आफ्ना चालकलाइ काठमाडौं पुग्दा सम्म कुनै पनि कुराको कमी नराख्न निर्देशन दिँदै पि.एस.ले मोबाइलबाट सिसी टिभी हेर्दै अगाडी थपे – २०६१ साल देखि यातायात क्षेत्रमा निरन्तर रूपमा सक्रिय छु , म पनि क्रीकेटको राम्रो समर्थक हु । यती विशिष्ठ व्यक्ति- मेरो सबै भन्दा मन पर्ने खेलाडी आफै गाडीमा यात्रुकाे रूपमा पाउँदा खुसीको सीमा नै छैन् । ” नेपाल क्रिकेट समर्थक समाज रुपन्देहीका सदस्य समेत रहेका उनले हालचालै मात्र झन्डै करोड माथिको लगानीमा टाइम ट्राभल Ac बस सञ्चालनमा ल्याएका छन् । मेरो त बोहोनी नै राम्रो भयो , इमरानसंग खिचेको तस्बिर देखाउँदै खुशीले गदगद हुदै भने – अब मैले उहा बसेको सिटलाइ इमरान सिट भनेर नाम राख्छू । मन पर्ने खेलाडीलाई सेवा गर्न पाउँदा यो भन्दा खुसीको कुरा के नै हुन सक्छ र ! ” पछिल्लो समय भैरहवा र बुटवलबाट उच्च सेवा सुविधाका एसी बस सञ्चालनमा आएपछि सेवाग्राहीहरू पनि जहाजकाे विकल्पमा यस्ता सुविधा सम्पन्न बसबाट सेवा लिने गरेको पाइन्छ । बुटवल नारायणगढ सडक समयमा राम्रो बन्यो भने धेरै विशिष्ट व्यक्तिहरुको रोजाइ पनि यस्तै बसमा हुने विश्वास लिएका छन । आरामदायी भी आई पी सोफा सीट सहित उनले टाइम ट्राभल एसी बसकाे नाममा सैनामैनाका विष्णु प्रसाद पाण्डे (भास्कर) र देवराज खनालको संयुक्त लगानीमा थप २ वटा बस सञ्चालनमा ल्याएका छन् ।