प्रहरी ईन्स्पेक्टर सुनारको खुबी : कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

प्रकाशित मिति:

सुरेश परियार,कात्तिक -कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १० वर्ष पछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा न.१० महुवापुरबाट फरार रहेका राम प्रसाद कोरीलाई शनिबार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले २० वर्ष कैद सजाय तोकीएका कोरीलाई नियन्त्रणमा लिईएको हो ।प्रतिवादी कोरीले वि.स २०६९ साल चैत्र १० गते कपिलवस्तुको साविक महुवा गा.वि.स वडा न.४ बस्ने वर्ष २५की मान्ती कोरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

हत्या गरि फरा रहेका कोरीलाई विशेष योजनाका साथ प्रहरी निरीक्षक सुनारले पक्राउ गरि कारागार पठाएको उल्लेख छ ।प्रहरी निरीक्षक सुनार ईलाका प्रहरी कार्यालय गोरुसिंगको कार्यालय प्रमुखमा आए संगै आपराधिक गतिविधीलाई नियन्त्रणमा लिई कानुनी कठघारामा उभ्याउन तल्लिन भएको देखिन्छन् । समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरि सुभ्य समाज निर्माणमा गोरुसिंगे प्रहरी लागेको देख्न सकिन्छ । असल काम गर्दै अघि बढेकाले प्रहरी निरीक्षक सुनार जिल्लाका एसपीको नजरमा स्यावासको पात्र बनेका छन् ।