काठमाडौं, कात्तिक – काग तिहारको अवसरमा बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ।एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन्।राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए।उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन्। विगतका वर्षहरुमा रत्नपार्कस्थित शान्तीबाटिका गरिँदै आएको काग सम्मेलन यस वर्ष भने नारायणहिटी गेट अगाडि गरिएको हो।
आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गरेको उनले बताए। उनले २१ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्।दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए।काग तिहारको दिन मैले काग सम्मेलन गरेको अहिले २१ वर्ष भयो। यमलोकको खबर यमराजलाई पठाउने दुतका रुपमा कागको पूजा गरिँदै आएको छ,’ उनले भने, ‘पहिले मैले कार्यक्रम गरेर पत्रकार सम्मेलन गर्ने गर्दथे। कहिले भारतले नाकाबन्दस् गर्दा सम्मेलन गरे। कहिले संविधान नबनेको भन्दै काग सम्मेलन गरे। कहिले एयरपोर्टमा काग सम्म्ेलन गरेर जाम गराइदिए। तर अहिले तिहारको समयमा काग तिहारका उपलक्ष्यमा काग सम्मेलन गरेको हो।’