फूलखेतीमा रमाएकी स्याङ्जाकी भण्डारी

प्रकाशित मिति:

काठमाडौं, कात्तिक – चापाकोट नगरपालिका १ बेलडाँडाकी ४८ वर्षीय सरस्वती भण्डारीले फूलखेतीमै भविष्यको सपना बुन्न थालेकी छन् । २ रोपनी जग्गामा फूलखेती गरेर उनले मनग्य आम्दानी हात पार्न थालेकी छन्।हरेक बर्ष तिहारको समयमा भण्डारीले ३ लाख बढीको सयपत्री फूल बेच्ने गर्छिन् । यस बर्षको भाइटीकासम्म ३ लाख भन्दा बढीको फूल बेचिसक्ने उनको लक्ष्य छ । भण्डारीले बार्षिक ३ हजार केजी माला उत्पादन गर्ने गरेकी छन् । उक्त फुलबाट १० हजार वटा माला बन्ने गरेको भण्डारी बताउँछिन् ।

बार्षिक ३ लाख आम्दानी हुँदै गर्दा ७५ हजार फुल उत्पादनमा खर्च भएको उनी बताउँछीन् । यसवर्ष फूलखेतीको बजार विस्तार गरी पोखरा र बुटवल पुऱ्याएका छौं, भण्डारीले भनिन्, फूलको उत्पादन सोचे अनुसार राम्रै भएको छ, ३ लाख बढी आम्दानी हुने अनुमान छ। प्रति माला १ सयदेखि डेढ सयमा बिक्री भइरहेको उनले जानकारी दिईन । फूलखेतीमै संभावना देखेकी भण्डारीले तिहारका बेला मात्रै नभएर वर्षभरिनै फूल बेच्नका लागि तयारी गरेकी छन् ।तिहारका लागी भन्दै बर्षेनी करोडौ रुपैया बराबरको फुल छिमेकी मुलुक भारतबाट आयात गर्ने गरिन्छ । तिहारका लागी महत्वपूर्ण मानिने फुलको आयात कम गर्न विभिन्न ठाउँमा महिलाहरुले फुलको व्यवसायीक खेती सुरु गरेकी हुन् ।