गंगासागरमा छठको उल्लास

प्रकाशित मिति:

जनकपुर, कात्तिक – आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।जनकपुरको गंगासारमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरिँदैछ। चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ।