कार्तिक २७ गते
नवलपरासी । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले निति र बिधिमा नचलेका सहकारीहरुमा समस्या आएको बताउनु भएको छ । “निति र बिधिमा चलिरहेका सहकारीहरु राम्रोसङ्ग चलिरहेको छन । केहि सहकारीहरु नीति बाहिर चलेको र अहिले तिनिहरुमा समस्या देखिएको छ ।” श्रेष्ठले भन्नु भयो ।
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं बार्षिक साधारण सभा अन्तरगत बर्दघाट सेवा केन्द्रको साधारण सभालाई सम्बोधन गर्दै श्रेष्ठले सहकारीले ग्रामीण क्षेत्रको आर्थिक बिकासमा ठूलो योगदान गरेको उल्लेख गर्नु भयो । कतिपयहरुको समस्याका कारण समग्र सहकारी क्षेत्रमा समस्या देखाइनु गलत हुने श्रेष्ठको भनाइ छ । जनकल्याण बचत तथा ऋण सहकारी सस्था जिल्लामा नै अग्रणी सहकारी भएको उल्लेख गर्दै श्रेष्ठले सहकारीको पुजीले स्थानीय स्तरमा स्रोत जुटाउन सहज भइरहेको धारणा राख्नु भयो ।
सभामा बर्दघाट ४ का वडा अध्यक्ष बेदबिना तिवारीले सहकारीले सामाजिक क्षेत्रमा राम्रो योगदान गरेको बताउनु भयो । स्थानीय स्तरमा पुजी संकलन र परिचालन गरि जेष्ठ नागरिक, विद्यार्थीलाई सम्मान गर्दै सहकारीले आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्व पुरा गरेको तिवारीको भनाइ छ ।
सस्थाका अध्यक्ष कुलदिप आचार्यले जनकल्याण साकोस नीति र बिधिमा कहि कतै नचुकेको बताउनु भयो । ” हामी निति बिधीमा रहेको सदस्यहरुको हितमा काम गरिरहेका छौँ ।” आचार्यले भन्नु भयो ।
सस्था सचिब चेत नारायण भण्डारीले प्रस्तुत गर्नु भएको सचिबको प्रतिबेदन सस्थाले गत आर्थिक बर्षमा गरेका निर्णय र कार्य प्रस्तुत गर्नु भयो । साथै उहाले आगामी चालू आर्थिक बर्षको लागी सस्थाले लिएका निति तथा कार्यक्रमहरु समेत सभामा पेस गर्नु भएको थियो । त्यस्तै सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले शेयर रकम करिब ९ प्रतिशतले वृद्धि, कुल कारोबारमा करिब १७ प्रतिशतले वृद्धि, कुल बचतमा करिब २० प्रतिशतले वृद्धि भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा सचिब चेतनारायण भण्डारी सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष कुलदिप आचार्यको रहेको थियो ।