भैरहवा, कार्तीक। रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको छ । नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उदेश्यले बिउ बितरण गरीएको सिद्धार्थनगर नगरपालीकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारीदिए ।
बजारमा पाईने कमसलखालका बिउ लगाउदाँ दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरीएको उनले बताए । कृषकको कृषी योग्य जमीनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागीएको हो ।नगरपालीकाका कृषी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागी कृषी सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ, भने यसमा नगरपालीकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।