काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकहजार एक सय रूपैयाँले सुनको मुल्य बढेको हाे।मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।यस्तै, चाँदीको मूल्य ३५ रूपैयाँले बढेको छ। चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।