मंसिर ८ बुटवल । कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे अध्यक्षमा जीवन अधिकारी निर्विराेध निर्वाचित हुनु भएकाे छ । कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट २ वर्षे कार्यकालकाे लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्ष पदमा वीरबहादुर क्षेत्री, उपाध्यक्ष पदमा सुवास घिमिरे, सचिव पदमा सुरेशचन्द्र भट्टराई, काेषाध्यक्ष पदमा कमला बस्नेत कुवँर र सहकाेषाध्यक्ष पदमा रघुप्रसाद खनाललाई चयन गरिएकाे छ ।
त्यसैगरी कार्यसमिति सदस्य पदमा पार्वती श्रेष्ठ, कृष्ण घिमिरे, नारायण बस्याल, प्रताप केसी, विष्णुप्रसाद गाैतम, दीपक श्रेष्ठ, मनाेजकुमार गुप्ता र सञ्जय पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएकाे प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी गराउनु भयाे ।
निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत कार्कीले पद तथा गाेपनीयताकाे सपथग्रण गराउनु भयाे । त्यस अवसरमा बाेल्दै नवनिर्वाचित अध्यक्ष जीवन अधिकारीले क्यान महासंघलाईकाे गरिमा माथि उठाउने गरि व्यसायिक हकहितका लागि सेवा शुल्क निर्धारण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।