१३ औं कपिलबस्तु ‘डान्स आइडल’ को अडिसन सुरु

प्रकाशित मिति:

कमल चौधरी ८ मंसिर कपिलबस्तु । कपिलबस्तु ‘डान्स अइडल’ को अडिसन सुरु भएको छ । शनिबार एक कार्यक्रमका विच उद्योग बणिज्य संघ कपिलवस्तुको सभाहलमा १३ औं कपिलबस्तु डान्स आइडलको अडिसन शुरु गरिएको हो । कपिलबस्तु ‘डान्स आइडल’का संयोजक विष्णु मल्लाको अध्यक्षतामा तथा पन्धौं कपिलबस्तु महोत्सव एंव कृषि तथा औद्योगिक प्रदर्शनीका संयोजक एंव संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, सल्लाहकार शक्तिसिंह ठकुरी लगायतले बोल्दै युवायुवातीहरुमा लुकेर रहेको प्रतिभालाई मंञ्च मार्फत अगाडी बढाउनको लागि डान्स आइडल महात्वपूर्ण भुमिका खेल्ने बताउँनुभयो ।

त्यस्तै, उहाँहरुले उद्योग क्षेत्रलाई गतिशिल लैजानको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानिय क्षेत्रहरुको प्रचार–प्रसार र विकासमा समेत टेवा पुग्ने धरणा राख्नुभयो ।

कपिलबस्तु उद्योग बाणिज्य संघकले यही मंसिर १९ गते देखि पुष २ गतेसम्म बुद्धरगंशालामा हुने उक्त महोत्सवको तयारी तिब्र बनाईएको अयोजकले जनाएको छ ।

साथै १३ औं कपिलबस्तु ‘डान्स आइडल’ को अडिसनको पहिलो चरणमा दुई दर्जन बढि प्रतिस्पर्धीहरु मध्ये १९ जनालाई छनौंट गरेको डान्स आइडल संयोजक विष्णु मल्लले जनकारी दिनुभयो ।

त्यस्तै यस बर्ष प्रथम हुनेलाई रु. १ लाख ११ हजार १ सय ११ साथै चाँदीको ट्रफी प्रदान गर्नुको साथै द्घितिय हुनेलाई ७७ हजार ७ सय ७७, त्यस्तै तृतीय हुनेलाई रु. ५५ हजार ५ सय ५५, साथै चौथो हुनेलाई सान्तवना स्वरुप रु. २५ हजार ५ सय २५ विभिन्न किसिमका गिफ्ट, ट्रफी प्रदान गरिने डान्स आईडल संयोजक मल्लले बताउँनुभयो ।