लुुम्बिनीमा प्रदेशस्तरीय शुुद्धोधन लोकमार्ग बन्दै

प्रकाशित मिति:

सुुरेश परियार- लुुम्बिनीमा प्रदेशस्तरीय शुुद्धोधन लोकमार्ग बन्ने भएको छ ।रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट कपिलबस्तुु जिल्लाको महाराजगंज जोड्ने सडक बन्ने भएको हो । रुपन्देहीका ५ पालिका अन्र्तगत मायादेवी गाउँपालिका,सियारी गाउँपालिका,गैडहवा गाउँपालिका,शुुद्धोधन गाउँपालिका,कञ्चन गाउँपालिका र कपिवस्तुु जिल्लाको वाणगंगा नगरपालिका,कपिलवस्तुु नगरपालिका,बुुद्धभुुमि नगरपालिका,महाराजगंज नगरपालिका विच लोकमार्ग बनाउने सहमति अनुुसार मंगलबार रोडपरमिट(सडकका लागी प्रस्तावित स्थान)को अवलोकन गरिएको छ । विमानस्थलबाट लुुम्बिनी प्रदेशको राजधानी दाङ जान सहज हुने भन्दा शुुद्धोधन लोकमार्ग निर्माण गर्न लागिएको हो । निर्माण हुने लोकमार्ग ३८ देखि ४० किलोमिटर सम्म हुने अनुुमान गरिएको छ ।

प्रदेशस्तरीय लोकमार्गले विकासको अनुुभुुति गराउने सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिएका छन् । पिछाडिएको स्थान र पर्यटकीय एवं धार्मिक सम्पदाहरुलाई समेत समेट्ने गरि निर्माण गरिने अध्यक्ष घिमिरेले उल्लेख गरे । प्रदेश सरकार संग पनि छलफल र प्रक्रिया अघि बढेको जानकारी गराए ।बहुुवर्षिय हुने यो आयोजना साँच्चिकै जनपक्षिया हुने कपिलवस्तुु नगरपालिकाका मेयर सुुदिप पौडेलले बताएका छन् ।अन्य जिल्ला जान पनि सहज हुने र पर्यकीय दृष्टिकोणले उत्तम हुने भन्दै चाँडै डिपिआर तयार गरि निर्माणका लागी अघि बढाईने उद्घोष गरेका छन् । कपिलबस्तु नगरपालिकामा बसेको आजको बैठकले लोकमार्गलाई नामांकरण गरेको छ । रुपन्देहीका ५ पालिका र कपिलवस्तुु जिल्लाका ४ पालिका विचको बैठकले अब बन्ने सडकको नाम शुुद्धोधन लोकमार्ग राख्ने सहमति भएको हो । सडक बन्ने भएसंगै रुपन्देही र कपिलवस्तुुका स्थानीयहरु खुुशी भएका छन् । अवलोकनमा लुुम्बिनी प्रदेशका सांसद विष्णुु पन्थी,रुपन्देहीका मायादेवी गाउँपालिकाका अध्यक्ष धुु्रवनारायण चौधरी,गैडहवा गाउँपालिकाका अध्यक्ष सुुरेन्द्र पौडेल,शुुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुु बस्याल,कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र कपिलवस्तुु जिल्लाका वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल,बुुद्धभुमि नगरपालिकाका मेयर केशव कुुमार श्रेष्ठ लगायतले प्रदेशकै पहँचयोग्य र रणनैतिक सडक बन्ने दाबी गरेका छन् ।