न्युयोर्क- गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले हिजो न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परीसरमा निःशुल्क खाद्यान्न वितरण गरेको छ। अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा अमेरिकाको ठुलो चाडंपर्व मध्दे एक, थ्यांग्स गिभीगं डे (धन्यवाद दिवस)को अवसरमा १५० जनालाई निः शुल्क खाना, फ्रोजन चिकेन, फलफूलसहित तरकारी बाँडेको हो।फाउन्डेसनले अमेरिकाभर सामाजिक कामहरु गर्दै आइरहेको छ। ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं’ गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘फाउन्डेशन मार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौं।’
सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा स्वयंसेवकहरुको परिचालन गर्दै यसै फाउन्डेशनका कृयाशील सदस्यहरु क्रमश: जिवन कुमार श्रेष्ठ, अमिता श्रेष्ठ, निर्मला बराल, पासांग शेर्पा गोपर्मा, लाक्पा शेर्पा, सन्तोश बल्नेत, ध्रुव ज्योति श्रेष्ठ, दिपक रायमाझी, आदित शिबाकोटी लगायतका समाजसेवी महानुभावहरूले यथासक्य स्वयंसेवकको भुमीका निर्वाह गर्नुभएको थियो।
यस फाउण्डेशनको सामाजिक कार्यहरूको मूल्याङ्कन गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक शुमर, संघीय कांग्रेस सदस्य ग्रेस मेंग, न्युयोर्क शहरका मेयर ऐरिक अडम्स, पुर्व मेयर बिल दे ब्लाजियो, न्युयोर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स, न्युयोर्क शहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रुक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्स, न्युयोर्क राज्यका सेनेटरहरु जोल लु, लेरोय कामरी र माईकल जियानारिस, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरु जुली वन, शेखर कृष्णन, लिन्डा ली, र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीहरुले यसै फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गर्नु भएको छ।यस फाउण्डेशन ले विभिन्न समुदायका लगभग तिस हजार जना भन्दा बढी मा सेवा पुराएको अनुमान छ।”सेवा नै धर्म” हो भन्ने नारा का साथ फाउण्डेशन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ।हामी सबैको दुख-सुखको साथी बन्दै अगाडी बढने प्रण गर्दछौ।