बुटवल जेसीज २०२५ का लागी अध्यक्षमा मोहन न्योपाने निर्वाचीत

प्रकाशित मिति:

बुटवल । बुटवल जेसीजको वर्ष २०२५ का लागी जेसी मोहन न्योपाने निर्वाचीत हुनु भएको छ । २०१६ मा जेसीजमा प्रबेश गर्नु भएका न्यौपाने सदस्यता बृद्दि संयोजक हुदै सहसचिव ,उपाध्यक्ष , महासचीव ,कार्यकारिणी उपाध्यक्ष ,कानुनी सल्लाहकार हुदै अध्यक्षमा निर्वाचीत हुनु भएको हो । जसको कार्यकारी उपाध्यक्षमा यदुमणी पोखरेल र विनोद पोखरेल ,उपाध्यक्षहरुमा विकास पन्थी ,रमेश न्यौपाने ,नारायण घिमिरे र बाबुराम लम्साल ,सहसचिवमा नारायण पोखरेल , सह कोषाध्यक्षमा सुमन श्रीस निर्वाचीत हुनु भएको निर्वाचन आयुक्त हरि विक्रम कुवरले जानकारी दिनु भयो । जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास सामुदायिक र अन्तर्राष्ट्रिय सम्बन्धको अभियानमा लागीरहेको संस्था हो । बुटवल जेसीज सन् १९७४ मा स्थापना भएको सस्था हो । यो संस्थाले विभिन्न रचनात्मक कार्य , सामाजीक कार्यको साथमा युवाको क्षमता बृद्धीको लागी तालीम सन्चालन गर्दै आएको छ ।