रेडियो मुक्ति बुटवलको अध्यक्षमा पुन : पोखरेल निर्वाचित

प्रकाशित मिति:

बुटवल,मंसिर – रेडियो मुक्ति बुटवलको अध्यक्षमा पुन  खेमकुमारी पोखरेल ‘दिपु’ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बुटवलमा सम्पन्न १५ औ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कबिता अर्याल ,सचिवमा सबिता देबि निरौला ,कोषाध्यक्षमा राधिका न्यौपाने र सह–सचिवमा उमा अर्याल ढकाल सर्बसम्मत चयन हुनुभएको हो ।
सदस्यहरुमा किस्मती कुमारी चौधरी,साबित्रा घिमिरे,सुमित्रा चापागाई,शारदा पहाडी, राधिका सिग्देल,सिता भट्टराई चयन हुनुभएको निर्वाचन समिति संयोजक तारा पाण्डेले जानकारी दिनुभयो । निर्वाचन समितिको सदस्यमा सुमन पन्थी र सीता गौतम रहनुभएको थियो ।
यसअघि साधरण सभा तथा अधिबेशनको उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा रेडियो मुक्तिका पुर्व अध्यक्ष एवम् सल्लाहकार साबित्रा देबि अर्यालले महिला शसक्तिकरण, महिला हिंसा न्यूनिकरण, लैंगिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले कर्मचारीका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न आग्रह गर्नुभयो ।

उपप्रमुख अर्यालले रेडियो मुक्ति महिला शसक्तिकरण आन्दोलनको उपलब्धी भएको बताउदै अनेक आरोह अवरोहका बिचमा पनि रेडियोले ठूलो फड्को मारेको स्मरण गर्नुभयो । अर्यालले आगामी दिनमा रेडियोको स्तरबृद्धिका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपु पोखरेलले सभ्य समाज निर्माणका निम्ति समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्नु रेडियोको लक्ष्य रहेको बताउनुभयो । लैंगिक हिंसा न्युनिकरण र महिला सशक्तीकरणको अभियानमा सधै रेडियो अग्रसर हरेको बताउनुभयो ।अध्यक्ष पोखरेलले २०६५ सालमा भाडामा रहेको घरबाट १०० वाट क्षमताबाट प्रसारण गर्दै आएको रेडियो हाल ५०० वाट क्षमता बनाई आफ्नै भवन निर्माण गरि प्रसारण गर्न सफल भएको बताउनुभयो । उहाँले रेडियो मुक्ति कल्याणकारी कोष स्थापना गर्न सफल भएको बताउनु भयो ।अध्यक्ष पोख्रेलले रेडियोलाई १६ औं बर्षसम्म साथ दिनुहुने श्रोता, सरकारी तथा गैर सरकारी संस्था, दातृ निकाय, बिज्ञापनदाता, सहयोगी, शुभेच्छुक ,सल्लाह सुझाव दिनु हुने सबै प्रति धन्यवाद ब्यतm गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका वडा नम्बर ४ का निवर्तमान अध्यक्ष टंक पराजुलीले सवै प्रकारका विभेद, हिंसा, असमानता,अमानविय व्यवहार र रुढीवादी चिन्तनलाई निरुत्साहित गर्दै र समृद्ध समाज निर्माण गर्ने रेडियोलाई स्थापित गर्न सामाजिक हिसावले सधैं सहयोग गर्ने बताउनु भयो ।रेडियो भवन निर्माण सहयोगी समाजसेवी कुमार थापाले महिलाहरुले मात्रै संचालन गरेको रेडियोले महिला सशक्तिकरणका लागि अझैं अब्वल भएर लाग्न अनुरोध गर्नुभयो । थापाले बुटवलमा रेडियो मुक्तिको सक्रियता र अभियानको मुक्त कण्ठले प्रसंशा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले संस्थालाई जोगाउन बलियो कोष निमार्ण गर्न आवस्यक रहेको बताउनुभयो । सामाजिक संजालले छरेको भ्रम चिर्नका लागि पनि संचार माध्यमले महत्वपुर्ण भुमिका निवार्ह गर्दै सोही अनुसारका बिषयबस्तु उत्पादन र प्रसारण गर्न आवस्यक रहेको बताउनुभयो ।सामुदायिक रेडियो प्रशारक संघ ओकराबका उपाध्यक्ष मिलन गाहाले रेडियो मुक्तिले संचालन गर्ने कार्यक्रमले अन्तराष्ट्रिय जगतमा नै सकारात्मक प्रभाव पारेको बताउनु भयो ।बुटवल उपमहानगर पालिका वडा नम्वर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले समाज परिवर्तन गर्न र मार्गदर्शनका लागि रडियो मुक्तिको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले रेडियोलाई आवस्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु गर्नुभयो ।कार्यक्रममा अध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष अमृता पाण्डेले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मत पारित भएको छ।कार्यक्रममा संस्थाको भवन निर्माण तथा संचालनमा बिशेष सहयोग गर्ने बुटवल उपमहानगरपालिका सहित वडा नम्बर ३ ,४ ,५ ,६ ,८ ,१० तथा बिभिन्न संघसंस्था , बिज्ञापनदाता , सहयोगी र समाजसेविलाई सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रम संस्थाका उपाध्यक्ष इन्दिरा आचार्यको स्वागत तथा स्टेशन म्यानेजर कल्पना तिवारीको संचालनमा सम्पन्न भएको थियो ।दैनिक १७ घण्टा प्रसारण भैरहेको रेडियोमा हाल १५० जना संस्थापक सदस्य रहनुभएको छ । रेडियोको प्रसारण रेडियो सेटमा ९५.५,इन्टरनेट अनलाईनमा रेडियोको वेवसाईट र मोबाईल एप्लीकेसनको हाम्रो पात्रोेमा रेडियो मुक्ती सर्च गरेर संसारभर सुन्न सकिन्छ ।सचेत नारी सचेत परिवार,हरेक क्षेत्रमा समान अधिकार भन्ने मुल नाराका साथ २०६५ पुस ९ गतेदेखि रेडियोले आफ्नो औपचारिक प्रसारण आरम्भ गरेको थियो । रेडियो मुक्ति महिलाहरुद्धारा स्थापित र संञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो हो ।

उत्कृष्ट कर्मचारी सम्मान-कार्यक्रममा रेडियोकी प्राविधिक सिता पांैडेल उत्कृष्ट कर्मचारी सम्मानित भएको छ। शनिबार बुटवलमा सम्पन्न १५ औ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशमा पौडेललाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवि अर्यालले नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।स्थापनाकालदेखि अहिलेसम्म प्राविधिक शाखामा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको र रेडियोलाई पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको रेडियोका अध्यक्ष दिपु पोखरेलले बताउनुभयो । । त्यस्तै कार्यक्रममा रेडियोलाई पुर्याएको योगदानको कदर गर्दै रेडियोका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार साबित्रा अर्याललाई र अध्यक्ष खेमकुमारी पोखरेल‘दिपु’लाई सामुदायिक रेडियो प्रसारक संघको महिला उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।