भरत प्रधान- लिस्बन , मंसिर । बागलुङको अमलाचौरस्थित सरंगीमा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको हो । समाजका उपाध्यक्ष भीम केसीले विद्यालय पुगेर एक कार्यक्रमका बीच बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको संस्थाले जनाएको छ ।
विद्यालयमा अध्यनरत गरिब, जेहेन्दार तथा पिछडिएका माझी समुदायका ४५ जना बालबालिकालाई झोला, कापीकलम, जुत्ता, पोसाकलगायतका सामग्री सहयोग स्वरुप प्रदान गरिएको समाजका उपाध्यक्ष केसीले बताए । माझी समुदायका बालबालिकाको पठनपाठनमा थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले समाजले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको उनले बताए ।