प्रसाईंलाई थप ३ दिन थुनामा राख्न अनुमति

प्रकाशित मिति:

काठमाडौं, मंसिर- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा छन्। उनलाई थप ३ दिन थुनामा राख्न म्याद थप भएको हो।प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा अनुसन्धान चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अपुष्ट अभिव्यक्तिमाथि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ।