जनकपुरमाथि सुदूरपश्चिमको सानदार जित, जनकपुरको अपराजित यात्रा टुंगियो

प्रकाशित मिति:

काठमाडाैं, मंसिर  : जारी नेपाल प्रियिमर लिगमा सुदूरपश्चिम रोयल्स सानदार जित निकालेको छ। बुधबार कीर्तिपुस्थित टियू मैदानमा भएको खेलमा सुदूरपश्चिमले प्रतियोगिताकै कम योगफल डिफेन्ड गर्ने क्रममा जनकपुर बोल्ट्समाथि ७२ रनको फराकिलो जित निकाल्यो।जारी प्रतियोगितामा जनकपुरको यो पहिलो हार हो। यसअघि उसले लागतार चार जित निकलोको थियो। तर, बुधबार भने उसको ब्याटिङ सुदूरपश्चिमको स्पिनसामू नराम्ररी कोल्याप्स भयो।जनकपुरका जोसुवा ट्रोम्पले सर्वाधिक १३ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

जनकपुरको इनिङ धरासायी बनाउने क्रममा सुदूरपश्चिमका हर्मित सिंहले ४ ओभरमा २ मेडनसहित २ रनमात्र खर्चेर २ विकेट लिए। उनको एनपिएलको डेब्यू खेल हो। यस्तै, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २ विकेट लिए। यस्तै, सैफ जइब, नरेन साउद र स्कट कुगुलेइन पनि समान १ विकेट लिए।त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन मात्रै बनाएको थिाये । उत्कृष्ट सुरुआत गरेर पनि उसले फिनिसिङ भने राम्रो गर्न सकेन।सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए भने अर्का ओपनर सैफ जइबले २१ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, आठौं ओभरको चौथो बलमा अरनिको यादवको बलमा जइब आउट भएपछि भने सुदूरपश्चिमले निरन्तर विकेट गुमायो।

यस्तै, उसका इशान पाण्डेले १७ र ब्रान्डन म्याकमलेनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।सुदूरपश्चिमको इनिङ धरासायी बनाउने क्रममा किशोरले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। पहिलो २ ओभरमा भने उनी विकेट विहीन भएका थिए। यस्तै, शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए।जारी प्रतिपोगितामा फर्मको ललित राजवंशी पनि पहिलो पटक विकेट बिहीन भए। उनले यसअघिका चारै खेलमा विकेट लिएका थिए।यो जितसँगै सुदूरपश्चिम अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। उसले जनपुरलाई नै रनरेटमा पछि पारेको हो। ५ खेलमा दुवैको समान ८ अंक छ।