बुटवल – लायन्स क्लब अफ बुटवल क्षितिज र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलको आयोजनमा बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा लायन्स क्लब अफ बुटवल क्षितिजको तर्फबाट खाद्यान्न सामाग्रीहरु संगै प्राथमिक उपचार बक्स सगै सो बक्समा आबश्यक पर्ने औसधिहरु र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलको तर्फबाट खाद्यान्न सगै न्यानो जुत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ । आश्रममा आश्रित करिब ३४ जनालाइ लायन्स क्लब बुटवल क्षितिजको तर्फबाट आवश्यक खाद्यान्नहरु दाल, तेल, पास्ता , सुजि , सोयाबिन , भुजा, चाउचाउ , जिरा, बिस्कुट , खुर्सानी , नुहाउने साबुन, कपडा धुने साबुन, सर्फ र प्राथमिक उपचार बक्स ९सगै औसधि० प्रदान गरिएको थियो भने लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलको तर्फबाट आलु लगायतका खाद्यान्न सगै जाडो समयलाई मध्यनजर गर्दै न्यानो जुत्ता र मोजाहरू प्रदान गरिएको थियो। लायन्स अन्तर्राष्ट्रिय ूग्लोबल कज हङ्गर रिलिफू अन्तर्गत रहेर आश्रमको आवश्यकता अनुसार खाद्यान्न सामग्री वितरण गरिएको र आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थमा केन्द्रीत रहेर प्राथमिक उपचार बक्स वितरण गरिएको हो ।
लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आबिष्कार खनाल र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलकि अध्यक्ष लक्ष्मी घिमिरेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का द्वितीय गभर्नर एमजेफ लायन सन्दिप कसौधनको प्रमुख आतिथ्यता , लायन्स डिष्ट्रक ३२५ पि का जिएसटी कोअर्डीनेटर आशिष कृष्ण श्रेष्ठको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक डेपुटी चिफहरु एवं लायन्स क्लब अफ क्षितिजका पुर्ब अध्यक्षहरु नारायण थापा , शंकर पाण्डे , लोकेन्द्र लिम्बु एरिया ०३ का एरिया चिफ एमजेफ लायन शान्ति पाठक पाण्डे , रिजन चियर पर्सन बेद प्रकाश गैरे, लायन्स क्लब अफ बुटवल क्षितिजका टेल ट्विस्टर एवं कार्यक्रम संयोजक सागर पाँडे, लियो डिष्ट्रकका कृष श्रेष्ठ , लियो क्लब अफ बुटवल क्षितिजका सचीव स्वेच्छा ज्ञवालि लायन्स क्लब अफ बुटवल क्षितिज र बेलबास सृजनशिलका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि का द्वितीय गभर्नर एमजेफ लायन सन्दीप कशौधनले लायन्स क्लब अफ बुटवल क्षितिज र बेलबास सृजनशिल दुबै क्लबले बिगत देखि नै समाजको आवश्यकताको आधारमा समय सापेक्ष उत्कृष्ट कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउदै यस्तै सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्दै यो कार्यक्रम निकै उत्कृष्ट भएको बताउनुभयो। कार्यक्रमका बिशिस्ट अतिथि लायन्स डिष्ट्रक ३२५ पि का जिएसटी कोअर्डीनेटर एमजेफ लायन आशिष कृष्ण श्रेष्ठ, एरिया ३ का एरिया चिफ एमजेफ लायन शान्ति पाठक पाण्डे आश्रमका संचालक लिला रोका लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो । लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलकि अध्यक्ष लक्ष्मी घिमिरेको स्वागत, क्षितिजका अध्यक्ष आविष्कार खनालको धन्यवाद र लायन्स क्षितिजका सचीव प्रदिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।