रवि लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

प्रकाशित मिति:

गण्डकी, पुस- सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र पेस भएको छ।आईतबार जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित लगाएत व्यक्तिविरुद्ध अभियोगपत्र पेस भएको जानकारी दिए।

अहिले अभियोगपत्र रुजुको काम भइरहेको र लामिछाने लगायत विरुद्ध मुद्दा दर्ताका लागी अदालतले आवश्यक प्रक्रिया अगाडि बढाएको अधिकारीले बताए।पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परका थिए।उनिमाथि कास्कीसहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ।