यहि पुसको ३ गतेदेशि सञ्चालनमा रहेको बुटवलको औद्योगिक व्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले प्राथमिक उपचार सेवा प्रदान गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला स्थलमा आईपर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।बुटवलको मेलामा आउने सबै अवलोकन कर्ताहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गर्नेगरी व्यवस्थापन गरिएको छ । मेलामा स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालका जनरल म्यानेजर देवेश कर्णले बताउनु भयो । प्रत्येक दिन स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएकोले बुटवल हस्पिटलमा हुने अन्य सेवाका वारेमा बुझ्न र विभिन्न स्वास्थ्य चेकअपका प्याकेजहरु लिनका लागि पनि प्राथमिक उपचारकक्षमा पुग्न अस्पतालका मेडिकल सुपरेटेण्डेन डा. कृष्ण खनालले जानकारी दिनु भयो ।